+
+
Shares

‘प्रिमियरमा हुने झूठो प्रशंसा’ तोड्न २०० बटुवालाई फिल्म देखाउँदै ‘के घर के डेरा’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘के घर के डेरा : घर नम्बर २’ ले नेपाली फिल्म उद्योगमा नयाँ अभ्यास सुरु गरेको छ, जसमा सर्वसाधारणलाई प्रिमियरमा सहभागी गराइन्छ।
  • निर्देशक दीपेन्द्र के खनालले प्रिमियरमा अतिथिहरूको प्रतिक्रिया झूठा हुन सक्ने भन्दै, आम दर्शकबाट इमान्दार प्रतिक्रिया प्राप्त गर्न चाहन्छन्।
  • फिल्मका कलाकारहरूले काठमाडौंका विभिन्न स्थानमा पुगेर सर्वसाधारणलाई प्रिमियरको निम्तो दिँदै, यस नयाँ अभ्यासलाई प्रवर्द्धन गरिरहेका छन्।

काठमाडौं । फिल्म ‘के घर के डेरा : घर नम्बर २’ले नेपाली फिल्मको प्रिमियर समारोहमा सम्भवतः पहिलोपटक नयाँ अभ्यासको सुरुवात गर्दैछ । बुधबार बेलुका काठमाडौंको एक हलमा हुने प्रिमियर समारोहमा यो दृश्य देख्न पाइनेछ ।

फिल्मले झण्डै २०० हाराहारीमा सर्वसाधारण दर्शकलाई प्रिमियरमा सहभागी गराउने भएको छ । निर्देशक दीपेन्द्र के खनालले बाटो, मल र बजारमा ‘र्‍यान्डम्ली’ भेटिएका सर्वसाधारणलाई फिल्म हेर्न बोलाइएको बताए ।

‘अहिलेको प्रिमियरमा बोलाइएका अतिथिले गरेको प्रशंसा र रिभ्युलाई घरकै मान्छेले पनि पत्याउने अवस्था छैन । प्रिमियरमा हुने प्रशंसा धेरै झूठा हुन थाले’ निर्देशक खनालले अनलाइनखबरसँग भने, ‘बरु, आमसर्वसाधारणलाई प्रिमियरमा बोलाएर देखाउँदा इमान्दार प्रतिक्रिया आउँछ भन्ने हाम्रो आशा छ ।’

कलाकार केकी अधिकारी, खगेन्द्र लामिछाने र निश्चल बस्नेतले काठमाडौंका विभिन्न मल, बजार र चोक चोकमा पुगेर सर्वसाधारणलाई प्रिमियरको निम्तो दिइरहेका छन् । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको भनिएका फिल्मले दर्शकबाट आलोचना पाउन थालेको पृष्ठभूमिमा ‘के घर के डेरा’ले यो शैली सुरु गरेको हो ।

यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?