+
+
Shares

सिरियामाथि अमेरिकी प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा लगाइएका प्रतिबन्धहरू हटाउने घोषणा गरेपछि, सिरियाली जनता र सरकारले यसलाई स्वागत गरेका छन्।
  • सिरियामा बशर अल-असदको शासनपछिको राजनीतिक परिवर्तन र नयाँ सरकारको स्थापना भएको छ, जसले देशको पुनर्निर्माणको आशा जगेर्ना गरेको छ।
  • सिरियाको अर्थतन्त्र अझै कमजोर भए पनि, ट्रम्प र सिरियाली नेताहरुबीच उच्चस्तरीय भेटवार्ता भएको छ, जुन दुई देशबीचको महत्वपूर्ण सम्बन्धको संकेत हो।

३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार रियादमा आयोजित साउदी-अमेरिका लगानी सम्मेलनमा सिरियामाथि लगाइएका प्रतिबन्धहरू हटाउने घोषणा गरेका छन्।

ट्रम्पको यस निर्णयलाई सिरियाका परराष्ट्रमन्त्री असद हसन अल-शबानीले देशको पुनर्निर्माणतर्फको यात्रामा एक नयाँ सुरुआतको रूपमा व्याख्या गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘साउदी अरबको नेतृत्वमा हाम्रा दाजुभाइहरूको समर्थनप्रति आभार व्यक्त गर्छौं। हामी अहिले सिरियाली जनताको योग्य भविष्यतर्फ एक नयाँ अध्याय सुरु गर्दैछौं।’

बीबीसीका अनुसार ट्रम्पको घोषणापछि सिरियाको राजधानी दमास्कसमा उत्सवको माहोल बनेको छ।

राजधानी दमास्कसमा मानिसहरू उत्सव मनाइरहेका छन् र हवाई फायरिङको आवाज सुनिन्छ।

सिरियामा बशर अल-असदले लगभग २५ वर्षसम्म कठोरतापूर्वक शासन गरेका थिए, र पश्चिमी मुलुकहरू सहित धेरै देशहरूले उनको आलोचना गर्दै आएका थिए।

तर गत वर्ष नोभेम्बरमा हयात तहरीर अल-शामको नेतृत्वमा रहेका विद्रोहीहरूले असद सरकारलाई अपदस्थ गरे र देशको नियन्त्रण लिएका थिए।

बशर अल-असद सत्ताबाट हटाइएपछि अल-शामका प्रमुख अबु मोहम्मद अल जुलानी भनेर चिनिने अहमद अल-शराले देशको नेतृत्व सम्हालिरहेका छन्।

सिरियाको अर्थतन्त्र अझै पनि अत्यन्तै कमजोर अवस्थामा छ । सिरियाले अल-असद शासनअन्तर्गतको ५४ वर्ष लामो दमन र यातनापछि पुनः उभिन संघर्ष गरिरहेको छ। सत्तान्तरण अपेक्षाभन्दा शान्तिपूर्ण देखिएको भए तापनि केही कठिनाइहरू भने अझै रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आजै ट्रम्पले सिरियाली राष्ट्रपति अहमद अल-शराअसँग भेट गरेका छन्। यो अमेरिका र सिरियाबीचको २५ वर्षयताको पहिलो शीर्ष स्तरीय भेट हो।

ट्रम्पको यो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण हो । साउदी भ्रमण सकेर उनी कतार प्रस्तान गरका छन् । ट्रम्प खाडी क्षेत्रको तीन-दिने भ्रमणको क्रममा कतारतर्फ प्रस्थान गरेका हुन्।

आज बिहानै उनले साउदी राजधानी रियादमा खाडी सहयोग परिषद् (जीसीसी) का नेताहरूसँगको शिखर सम्मेलनमा भाग लिए। त्यहाँ उनले आफ्नो सम्बोधनका क्रममा अमेरिकाको रणनीतिक प्रतिबद्धता दोहोर्‍याए ।

सम्मेलनमा साउदी अरब, बहराइन र कुवेतका नेताहरूले पनि मन्तव्य दिए। उनीहरूले गाजा युद्ध र प्यालेस्टिनी जनताको अधिकार संरक्षणको आवश्यकतामाथि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?