
News Summary
Generated by OK AI. Editorially reviewed.- कालकाल बाँकी रहँदै सरकारले राजदूतहरूलाई फिर्ता बोलाउँदा अतिरिक्त २ करोड ८६ लाख रुपैयाँ खर्च हुने गरेको पाइएको छ।
- राजदूतको पदावधि ४ वर्षको भए पनि सरकार परिवर्तनसँगै उनीहरूलाई फिर्ता बोलाउने क्रममा बीमा, हवाई टिकट र ढुवानीमा ठूलो रकम खर्च भएको छ।
- महालेखा परीक्षकको प्रतिवेदनले १३ देशका राजदूतलाई फिर्ता बोलाउँदा भएको खर्चको विवरण दिएको छ।
३१ वैशाख, काठमाडौं । कालकाल बाँकी रहँदै राजदूत फिर्ता बोलाउने प्रवृत्तिका कारण राज्यले पौने ३ करोड रुपैयाँ अतिरिक्त खर्च गर्नुपरेको पाइएको छ ।
राजदूतको पदावधि हाजिर भएको मितिले ४ वर्षको हुन्छ । तर, सरकार परिवर्तनसँगै सरकारले राजदूत फिर्ता बोलाउँदा बीमा, हवाई टिकट, ढुवानी बापत रकम खर्च भएको महालेखा परीक्षकको ६२औं प्रतिवेदनमा देखाइएको छ ।
प्रतिवेदन अनुसार १३ देशका राजदूतलाई सरकारले फिर्ता बोलाएको थियो । त्यस क्रममा बीमाबापत १ करोड १३ लाख ९६ हजार, हवाई टिकट १ करोड २४ लाख ४३ हजार र ढुवानी खर्च ४८ लाख ३० हजार गरी कुल २ करोड ८६ लाख ६९ हजार भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4