+
+
Shares

सोलुखुम्बुमा ४.६ म्याग्निच्यूडको भूकम्प

भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको भूकम्पविद लोकविजय अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोलुखुम्बुमा बुधबार साँझ ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।
  • भूकम्पको केन्द्रबिन्दु छेस्काम आसपास रहेको छ।
  • यसअघि पनि विभिन्न स्थानहरूमा म्याग्निच्यूडको भूकम्पका घटना भएका थिए।

३१ वैशाख, काठमाडौँ। सोलुखुम्बुमा बुधबार साँझ ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा ४.६ म्याग्निच्यूडकोको धक्कका महसुस भएको हो ।

भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको भूकम्पविद लोकविजय अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

भूकम्पको धक्का निरन्तर गइरहने भएकाले सबैजना सचेत हुनुपर्ने उनले बताए ।

यसअघि १४ वैशाखमा डोल्पाको कान्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

यस्तै १२ वैशाखमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ म्यग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । त्यतिमात्रै नभएर ११ वैशाखमा पनि ४.२ म्याग्निच्यूडको भूकम्प रुकुम पूर्वमा गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?