+
+
Shares

निधिको प्रस्ताव : बजेट ल्याउने मिति सारौं

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले जेठ १५ गतेको बजेट मिति सार्न प्रस्ताव गरेका छन्।
  • उनले गणतन्त्र दिवसको कारणले गर्दा बजेट मिति परिवर्तन गर्न आवश्यक भएको बताए।
  • निधिले यसका लागि संविधान संशोधन गर्न आग्रह गरेका छन्।

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रस्ताव गरेका छन् ।

हरेक वर्ष १५ जेठमा सरकारले संसदमा बजेट प्रस्तुत गर्ने गर्छ । सोही दिन गणतन्त्र दिवस पनि भएकाले बजेट ल्याइने मिति सार्न निधिले प्रस्ताव गरेका हुन् ।

‘आज जेठ १ गते हो । जेठ १५ गते आउँदैछ । जेठ १५ गते महत्वपूर्ण दिन हो- गणतन्त्र दिवस । अर्को कामकाजी दिवस हो, बजेट ल्याउने,’ उनले भने, ‘गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहीत अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज (महत्व) धेरै ठूलो हुन्छ ।’

उनले यसका लागि संविधान संशोधन गर्न आग्रह गरे । ‘१५ गते बजेट आउने कुरा संविधानमै लेखेको कारणले हो । त्यसो भए संशोधन गरियोस्,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?