
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले इलाममा बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला आयोजना गर्ने योजना बनाएको छ। यो कार्यशाला कक्षा ७ देखि ९ सम्म अध्ययनरत १५ वर्ष मूनिका बालबालिकाका लागि खुल्ला छ।
- कार्यशालामा निर्देशक बद्री अधिकारीसहित विभिन्न विधाका प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन् र सहभागी हुन अनलाइन वा प्रत्यक्ष आवेदन दिन सकिन्छ।
काठमाडौं । चलचित्र विकास बोर्डले ४ जेठदेखि ८ गतेसम्म इलाममा बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला आयोजना गर्ने भएको छ ।
जिल्लामा रहेका विद्यालय, बाल क्लब, बाल समुदायबाट समावेशी प्रतिनिधित्व हुने गरि कार्यशाला आयोजना गर्न लागिएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । यसको लागि कक्षा ७ देखि ९ सम्म अध्ययनरत १५ वर्ष मूनिका बालबालिकाले सहभागिताको लागि आवेदन दिन सक्नेछन् ।
बोर्डले ३ दिनभित्र आवेदन दिन आह्वान गर्दै अफिसियल वेबसाइटमार्फत सूचना जारी गरेको छ । यसका लागि आवश्यक फर्म वेबसाइटमा उल्लेख छ । सहभागी हुन चाहनेले अनलाइन वा प्रत्यक्ष आवेदन दिन सक्नेछन् ।
निर्देशक बद्री अधिकारीसहित लेखन, छायांकन, सम्पादन र संगीत विधाका ३ जनाले प्रशिक्षण दिनेछन् । नेपाली चलचित्रको विकास, विस्तार र प्रवर्द्धन, चलचित्र साक्षरता अभिवृद्धि, दक्ष चलचित्रकर्मी उत्पादन एवं बालबालिकालाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण सिर्जना गर्नका लागि कार्यशाला आयोजना गर्न लागिएको जनाइएको छ ।
प्रतिक्रिया 4