+
+
Shares

छायांकार भट्ट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा छायांकार वीरेन्द्र भट्ट नियुक्त भएका छन्। उनले दशकदेखि प्राविधिकको रुपमा फिल्म क्षेत्रमा सक्रियता देखाएका छन्।
  • बोर्डमा अझै एक सदस्य पद रिक्त छ र गत महिना फिल्म निर्माता सन्तोष लोहनी नियुक्त भएका थिए।
  • केन्द्रीय चलचित्र जाँच समितिमा पनि दुईजना सदस्यको पद रिक्त रहेको छ।

काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा छायांकार वीरेन्द्र भट्ट नियुक्त भएका छन् । डोटी घर भएका भट्ट दशकदेखि प्राविधिकको रुपमा फिल्ममा सक्रिय छन् ।

उनले धून, आरोपसहितका केही फिल्म छायांकन गरेका छन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई विहीबार नियुक्ती पत्र प्रदान गरे ।

बोर्डमा अझै एक सदस्य पद रिक्त छ । गत महिना फिल्म निर्माता सन्तोष लोहनी नियुक्त भएका थिए ।

केन्द्रीय चलचित्र जाँच समितिमा पनि दुईजना सदस्यको पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?