+
+
Shares

नोरा फतेहीको २३ सदस्यीय बलिउड टोली काठमाडौंमा

नोरा शनिबार आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नोरा फतेहीको २३ सदस्यीय टोली काठमाडौं आइपुगेको छ र उनीहरूले बौद्धस्थित हायात मैदानमा प्रस्तुति दिने तयारी गरेका छन्।
  • कार्यक्रम सामाजिक सेवाको लागि आयोजना गरिएको हो र नोरा फतेहीले सांस्कृतिक भ्रमण र सामाजिक कार्यमा भाग लिनेछिन्।
  • नेपालमा हुने कार्यक्रममा नेपाली कलाकारहरूले समेत प्रस्तुति दिनेछन् र टिकट बिक्री भइरहेको छ।

काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीको २३ सदस्यीय टोली शुक्रबार अपरान्ह काठमाडौं आइपुगेको छ । बौद्धस्थित हायात मैदानमा नोराले प्रस्तुति दिनुको एकदिनअघि टोली काठमाडौं उत्रिएको हो ।

शुक्रबार काठमाडौं उत्रिएको टोलीमा डान्सर, म्यानेजर, ड्रेस डिजाइनर, लाइटम्यान, फोटोग्राफर लगायत छन् । उनीहरूलाई आयोजक संस्थाका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नोरा चाहिँ शनिबार बिहान दुबईबाट काठमाडौं आउने तयारी छ । शनिबार बेलुका बौद्धस्थित हायातको चौरमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’मा उनले प्रस्तुति दिने कार्यक्रम छ ।

आइतबार बिहान उनले वसन्तपुर दरबार स्क्वायरसहितका सांस्कृतिक र पर्यटकीय सम्पदाको भ्रमण गर्नेछिन् । आइतबार अपरान्ह उनी दुबई फिर्ने कार्यक्रम रहेको इभेन्ट म्यानेजर मनीष कार्कीले बताए ।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने कार्यक्रमका लागि फतेही आउन लागेकी हुन् । अहिले खल्ती र आइएमई पेबाट धमाधम टिकट विक्री भैरहेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए ।

तस्वीरहरू : गोपिकृष्ण चापागाईं

कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?