
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बहस सकिएको छ।
- सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा बहस गरेको छ।
२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बहस सकिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा केहीबेर अघि बहस सकिएको छ ।
आदेश भने आउन बाँकी छ ।
मिश्रलाई रिहा गर्नुपर्ने मागसहित उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन् ।
गैरकानुनी थुनामा राखिएको भन्दै भन्दै कार्कीले रिट दायर गरेकी थिइन् ।
१५ चैतमा तीनकुनमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले पाँच दिन पुनः म्याद थपेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4