+
+
Shares

विद्यालय शिक्षा विधेयक, ईसीडी र निजी विद्यालयमा जुटेन सहमति

उपसमितिले आइतबार समितिमा प्रतिवेदन पेस गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेका तर्फबाट विपद् व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले २० बुँदे सुझाव बुझाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते २०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आइतबार पेस गर्ने तयारी गरेको छ।
  • विधेयकमा निजी विद्यालय र बालविकास ईसीडीको विषयमा सहमति नहुँदा छलफल जारी रहेको छ।
  • समितिले विधेयकको प्रतिवेदन तयार गर्न थप समय पाएको भएता पनि अब छलफल अन्त्य गर्नुपर्ने भएको छ।

२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आइतबार समितिमा पेस गर्ने भएको छ ।

शुक्रबार प्रतिवेदन लेखनको काम सकिएकाले आइतबार समिति बैठकमा पेस गरिने उपसमितिका एक सदस्यले बताए । ‘प्रतिवेदन सबैको सहमतिमा समितिमा लैजाने निर्णय भएको छ । तर निजी विद्यालय र ईसीडीको विषयमा सहमति भएको छैन । नमिलेका विषय समितिमा छलफल गर्ने सहमति भएको छ,’ ती सदस्यले भने ।

निजी विद्यालयलाई गुठीमा ल्याउने वा नल्याउने भन्नेमा सहमति जुट्न नसकेको हो । निजी विद्यालयलाई कम्पनीबाट गुठीमा ल्याउने विषयमा शिक्षा मन्त्रालय तयार नभएपछि सहमति नभएको समितिका सदस्यहरू बताउँछन् ।

बालविकास ईसीडीलाई विद्यालय तहमा ल्याउने वा स्थानीय तहमा राख्ने भन्नेमा कुरा मिल्न नसकेको हो ।

ईसीडीलाई विद्यालय मातहत राख्न सहमत भए पनि दुई वर्षे ईसीडी र शिक्षकको दरबन्दीमा कुरा नमिलेको हो । ईसीडीका शिक्षकको दरबन्दी स्थानीय तहलाई नै दिनुपर्ने प्रस्ताव मन्त्रालयले राखेको सदस्यहरूको भनाइ छ ।

सांसदहरूले अरु शिक्षक सरह हुनुपर्ने अडान राखेपछि सहमति हुन नसकेको हो । अब सहमति नभएको विषयमा समितिमा छलफल हुनेछ । विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गत २२ वैशाखमा समितिले थप १० दिनको समय दिएको थियो । समय आज सकिएको छ ।

गत चैत ८ गते समितिले उपसमितिलाई ३५ दिनको समय दिएको थियो । दुई पटक गरेर ४५ दिनसम्म उपसमितिले छलफल गर्‍यो । असार १५ भित्र ऐन ल्याउने गरी शिक्षक महासंघसँग सहमति भएकाले सोही अनुसार समितिले विधेयकको छलफल अगाडि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?