News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले लमजुङमा भएको खुकुरी प्रहारको घटनामा जाहेरी दर्ता गर्न नमान्ने र राजनीतिक दबाबको आशंका व्यक्त भएको छ।
- घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न र उचित कारबाही गर्न माग गरेका छन्।
- शक्ति संघर्ष र द्वन्द्वका कारण घटनालाई राजनीतिक रुपमा हेरिएको छ।
३ जेठ, पोखरा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार गर्नेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ । अधिवेशनको विवादमा एउटा समूहले दिनदहाडै वेसीसहरबीच बजारमै खुकुरी र हातहतियारले प्रहार गरेर ४ जना घाइते भएका थिए ।
घाइतेका तर्फबाट इन्दु अधिकारीसमेतले जिल्ला प्रहरी कार्यालय लमजुङमा जाहेरी दिए पनि अहिलेसम्म दर्ता भएको छैन । प्रहरीले जाहेरी दर्ता गर्न नमान्दा पीडितहरूमा शंका उब्जिएको छ ।
‘घटनालगत्तै हामी जाहेरी दिनका लागि प्रहरी कार्यालय पुगेका थियौं । सुरुमा डीएसपी, इन्स्पेक्टर कार्यालयमा नरहेको भनेर जाहेरी नै लिइएन । पछि जाहेरी छोडेर आयौं तर अझैसम्म दर्ता भएको छैन,’ घाइते किशोरजंग बस्नेतले भने, ‘प्रहरीले उनीहरूको हतियार खोस्यो तर मान्छेलाई नसमाई छोडिदियो ।’
जाहेरी नलिँदा ज्यानै लिने मनसायले खुकुरी प्रहार गर्नेहरू बेसीसहरबाट भाग्ने र त्यसपछि फरार भए भनेर नसमाउने नियत प्रहरीको भएको पीडितको आशंका छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार, यो घटनामा जाहेरी नलिन भन्दै राजनीतिक तहबाट दबाब आउन थालेको छ ।
‘नेताहरूले जाहेरी नलिन प्रहरीलाई भन्नुभएको हो तर लिए पनि अनुकुल मिलाएर लिन दबाब छ,’ प्रहरीका एक अधिकारीले भने ।
पीडितले मध्यनेपाल नगरपालिका–७ का ३८ वर्षीय धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का ४० वर्षीय गणेश गुरुङ, मर्स्याङ्दी गाउँपालिका–५ का ४२ वर्षीय भुपेश गुरुङलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । तर, प्रहरीले भने अहिलेसम्म दर्ता गरेको छैन ।
‘त्यत्रो हातहतियारले प्रहार गरेको देखेको प्रहरीले उनीहरूलाई चाहिँ समाउनु पर्दैन ? नेताहरूको दबाबकै कारण प्रहरीले दर्ता गरेन । अब चाहिँ उनीहरू भाग्ने सम्भावना पनि छ,’ घाइते बस्नेतले भने, ‘प्रहरीले जाहेरी दर्तामै आनाकानी गरेका कारण आशंका उब्जिएका छन् ।’
गृहमन्त्री रमेश लेखकले नै यो घटनामा चासो देखाएकाले पनि दर्ता गर्न ढिलाइ भएको हुनसक्ने एक समूहका नेताहरूको आशंका छ ।
मुलुकी अपराध संहिता २०७४ को १७७ अनुसारको कसुरमा हदै सम्मको कारबाही गर्न उनीहरूले माग गरेका छन् । प्रहरीले भने जाहेरीमा उल्लेख दफा सच्याउनुपर्ने देखिएकाले दर्ता नगरिएको बताउँदा आशंका उब्जिएको छ । दफा १७७ मा ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने व्यवस्था छ ।
‘कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन । स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरुपपछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जन्म कैदको सजाय हुनेछ,’ त्यसमा भनिएको छ । तर, प्रहरीले भने यो मुद्दाको यो दफा सच्याएर कुन दफाअनुसार दर्ता गर्न खोजेको हो भन्ने स्पष्ट पारेको छैन ।
‘हामी दिनभर बाहिर थियौं । ढिलामात्र कार्यालय आयौं । जाहेरी प्रक्रियामै छ, केही सच्याउनुपर्ने भएकाले ढिलाइ भएको हो,’ लमजुङ प्रहरी प्रमुख डिएसपी रोशन बोहोराले भने, ‘जाहेरीमा उल्लेख भएको दफा पनि मिलाउनुपर्ने छ ।’
जाहेरी दर्ता नगर्न नेताहरुको दबाबकै कारण प्रहरीले दर्ता नगरेको र दोषीलाई उम्काउने षडयन्त्रसमेत भएको पीडितले बताएका छन् ।
तरुण दलको पाँचौ महाधिवेशमा लमजुङबाट मन्त्री बनेका गण्डकी प्रदेशका दुई मन्त्रीको टकरावका कारण एउटा समूहले खुकुरीलगायत हातहतियारसहित प्रहार गरेको थियो । कांग्रेस जिल्ला सभापतिसमेत रहेका अर्थमन्त्री डा. टकराज गुरुङको समूहले निवर्तमान सभापति तथा गण्डकीका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको समूहका युवालाई आक्रमण गरेका हुन् ।
देउवा समूहका डा. टकराज र संस्थापन इतरका भेषबहादुरबीच लमजुङमा शक्ति संघर्ष र चरम द्वन्द्व छ । त्यसैका कारणले शनिबारको घटना निम्तिएको हो । आकांक्षीलाई गुरुङको समूहले पूर्णकालीन सदस्य नै हटाइदिने, प्रतिनिधि नै आउन नदिने गर्दै भातृ संगठनहरु कब्जा गर्न खोजेको भन्दै विरोध गर्न पुगेका भेषबहादुर समूहका युवालाई खुकुरी प्रहार भएको हो ।
कार्यक्रममा दुवै मन्त्री, तरुण दलका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य जीतजंग बस्नेत, तरुण दलका नेता विद्धान गुरुङलगायत पनि उपस्थित थिए । उनीहरूकै उपस्थितिमा भएको विवादले रक्तपातकै स्थिति सिर्जना गरेको थियो ।

प्रतिक्रिया 4