+
+
Shares

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

जुवातास खेल्दै गरेको अवस्थामा १७ जनालाई प्रहरीले काठमाडौंका दुई ठाउँबाट पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । उनीहरूलाई नगद र तास सहित पक्राउ गरिएको हो ।
  • पक्राउ पर्नेमा घरधनी समेत रहेका ६६ वर्षीय भीम संगत र १० जना अन्य रहेका छन्।
  • प्रहरीले जुवातास खेल्ने स्थानहरूमा छापा मारेर रकम र तास जफत गरेको छ।

४ जेठ, काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा १७ जनालाई प्रहरीले काठमाडौंका दुई ठाउँबाट पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगत समेत ७ जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बस्ने दोलखा भिमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?