
फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको जिल्ला प्रहरी कार्यालयले ठूलो परिमाणमा सुन बरामद गरेको पुष्टि गरेको छ।
- प्रहरी स्रोतले बरामद सुन तस्करीको भएको आशंका व्यक्त गरेको छ।
- रसुवाका प्रहरी प्रमुख हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरे पनि परिमाण खुलाएका छैनन्।
४ जेठ, काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।
सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले पनि सुन बरामद भएको अनलाइनखबरसँग पुष्टि गरेका छन् । तर, परिमाणबारे खुलाएनन् ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।
विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ ।
नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4