News Summary
Generated by OK AI. Editorially reviewed.- शहीद स्मारक बी डिभिजन लिगमा झापा फुटबल क्लब र मध्यपुर युथ एसोसिएसन विजयी भएका छन्।
- झापाले टुसाल युथ क्लबलाई २-० ले पराजित गरी चौथो स्थानमा उक्लिएको छ।
- मध्यपुरले बाँसबारी युथ क्लबलाई १-० ले हरायो र रेलिगेसनबाट जोगिएको छ।
४ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा आइतबार भएको खेलमा झापा फुटबल क्लब र मध्यपुर युथ एसोसिएसन विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा झापाले टुसाल युथ क्लबलाई २-० ले पराजित गरेको हो ।
झापाका लागि दुवै गोल प्रदिप बुढाथोकीले गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर प्रदिपले ५९औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए । उनले इन्जुरी टाइमको सातौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।
जितपछि झापा १२ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । पराजित टुसाल १२ खेलबाट ११ अंकसहित १३औं स्थानमा छ र रेलिगेसन जोनमै छ । लिगमा अब एक खेल खेल्न बाँकी रहेको टुसाललाई यो हारले रेलिगेसनबाट जोगिन चुनौती थपिएको छ ।
यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुरले बाँसबारी युथ क्लबलाई १-० ले हरायो ।
मध्यपुरका लागि साहिल केसीले ६५औं मिनेटमा विजयी गोल गरे ।
जितपछि मध्यपुर १२ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा उक्लेको छ र रेलिगेसनबाट जोगिएको छ । अर्को खेलमा टुसाल झापा फुटबल क्लबसँग पराजित भएपछि जितले मध्यपुर बी डिभिजनमै रहने पक्का भएको छ ।
यस्तै पराजित बाँसबारीको पनि १२ खेलबाट १५ अंक नै छ र नवौँ स्थानमा छ ।
प्रतिक्रिया 4