+
+
Shares

मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रिय अभियान भएको बताए।
  • उनले अभियानको उद्देश्य, राष्ट्रिय महत्त्व र जनसमर्थनको चर्चा गर्दै यसलाई राष्ट्रकै साझा अभियान बनिसकेको बताए ।
  • प्रचण्डले भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गरे।

५ जेठ, दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको बताएका छन् ।

दैलेखको भगवतीमाई गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मान बताए ।

उनले भने, ‘यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ।’

अध्यक्ष दाहालले ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘छ’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गरे ।

अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् ।

त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ । उक्त सम्मान अध्यक्ष दाहालले प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?