+
+
Shares

पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य आवश्यक : भौतिकमन्त्री

विश्वका कतिपय देशमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांश समेत लिने अभ्यास रहेको भौतिकमन्त्री दाहालले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
  • सिमेन्ट उत्पादक संघले क्रंक्रिट सडक ढलानमा निजी क्षेत्रसँग साझेदारी गर्न सरकार अध्ययन गरिरहेको जानकारी दिए ।
  • मन्त्री दाहालले विश्वका कतिपय देशमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने अभ्यास रहेको उल्लेख गरे।

५ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको पनि सहकार्य आवश्यक रहेको बताएका छन् ।

सिमेन्ट उत्पादक संघले सोमबार ललितपुरमा गरेको क्रंक्रिट सडक ढलान सम्बन्धी कार्यक्रममा निजी क्षेत्रसँग साझेदारी गरी पूर्वाधार विकास गर्न सरकारले पनि अध्ययन गरिरहेको बताए ।

विश्वका कतिपय देशमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांश समेत लिने अभ्यास रहेको उल्लेख गर्दै यस्ता सम्भाव्य क्षेत्र पहिचान आवश्यक रहेको समेत उनले बताए ।

नेपालको भौगोलिक विशिष्टता, सिमेन्ट उत्पादनमा गरेको प्रगति र टिकाउपनका कारण कंक्रिट सडक निर्माणलाई अध्ययन गरी प्रवद्र्धन गर्न सकिने पनि उनले बताए ।

नेपाल अहिले निर्माण चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले सुरु भएका आयोजनालाई निर्धारित समयमै पूरा गर्न र अब सुरु गरिने आयोजना समेत तोकिएकै समयमा पूरा गराउने वातावरण वनाउन आश्यक रहेको बताए ।

कार्यक्रममा विज्ञहरूले सिमेन्ट ढलान गरिएका सडक प्रारम्भिक रूपमा खर्चिलो भए पनि टिकाउपनका कारण दीर्घकालीन रूपमा किफायती हुने बताएका थिए ।

कार्यक्रममा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उद्योगमन्त्री दामोदर भण्डारी लगायतले समेत बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?