+
+
Shares

विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुन सांसद गौतम जेनेभा प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद सोबिता गौतम स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेकी छन्।
  • उनी विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुने कार्यक्रम छ।
  • उनले अन्तर संसदीय संघको स्वास्थ्यसम्बन्धी समितिका सदस्यको रुपमा नेपालका धारणा प्रस्तुत गर्नेछिन्।

५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेकी छिन् ।

विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुनका लागि उनी सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सांसद गौतम अन्तर संसदीय संघ (आईपीयू) को स्वास्थ्यसम्बन्धी समितिको सदस्यको रुपमा उक्त सभामा सहभागी हुन लागेकी हुन् ।

यस क्रममा उनले जेनेभामा संगठनले आयोजना गर्ने विभिन्न कार्यक्रमका सत्रहरूमा सहभागीता जनाउनेछिन् । विश्व स्वास्थ्य संगठनले तय गरेका सत्रहरूमा सहभागी हुँदै सांसद गौतमले स्वास्थ्य क्षेत्रका विविध विषयमा नेपालको तर्फबाट आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।

गत चैत अन्तिम साता उज्बेकिस्तानको राजधानी तासकन्दमा आयोजित १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभाबाट उनी आईपीयूको स्वास्थ्यसम्बन्धी सदस्यको रुपमा निर्वाचित भएकी थिइन् ।

विश्व स्वास्थ्य संगठनको सभामा सहभागी हुन नेपालबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल यसअघि नै जेनेभा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?