+

वासीमको शानदार ब्याटिङमा यूएईले बंगलादेशलाई हरायो

२०८२ जेठ  ६ गते ७:३७ २०८२ जेठ ६ गते ७:३७
वासीमको शानदार ब्याटिङमा यूएईले बंगलादेशलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईले कप्तान मुहम्मद वासीमको ८२ रनको ब्याटिङमा बंगलादेशलाई टी-२०आईमा पहिलोपटक हराउँदै दोस्रो खेल २ विकेटले जित्यो।
  • बंगलादेशले टस हारेर पहिले ब्याटिङ गर्दै २०५ रन बनाएको थियो, जसमा तन्जिद हसनले ५९ रन गरे।
  • युएईको बलिङमा मुहम्मद जवादुल्लाहले ३ विकेट लिँदा सघीर खानले २ विकेट लिए र वासीमलाई म्यान अफ द म्याच घोषित गरियो।

६ जेठ, काठमाडौं । कप्तान मुहम्मद वासीमको शानदार ब्याटिङको मद्दतमा यूएईले बंगलादेशसँगको टी-२० शृंखला अन्तर्गत दोस्रो खेलमा जित हासिल गरेको छ ।

यूएईले बंगलादेशलाई टी-२०आईमा पहिलोपटक हराउने क्रममा सोमबार राति २ विकेटको जित निकालेको हो ।

२०६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। कप्तान मुहम्मद वासीमले आक्रामक ब्याटिङ गर्दै ८२ रन बनाए, जसमा ९ चौका र ५ छक्का समावेश थिए। अर्का ओपनर मुहम्मद जोहेबले ३८ रन बनाएर टोलीलाई राम्रो सुरुवात दिलाए।

त्यसअघि बंगलादेशले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। बंगलादेशका लागि तन्जिद हसनले ५९ रन, तौहीद हृिदयले ४५ रन र लिटन दासले ४० रनको योगदान दिए।

बलिङतर्फ युएईका मुहम्मद जवादुल्लाहले ३ विकेट लिँदा सघीर खानले २ विकेट लिए। कप्तान वासीमलाई शानदार प्रदर्शनको आधारमा ‘म्यान अफ द म्याच’ घोषित गरियो।

योसँगै ३ खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा बंगलादेशले २७ रनको जित निकालेको थियो । सुरुमा २ खेलको मात्र शृंखला हुने भनिएपनि सोमबार अर्को एक खेल मे २१ का लागि थपिएको हो ।

यूएई क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय