+
+
Shares

परराष्ट्रमन्त्री राणा थाइल्यान्ड हुँदै जापान प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन्।
  • उनी उपचारका लागि जापान गएको र एक सम्मेलनमा पनि सहभागी हुने बताइएको छ।
  • मन्त्री राणाले जापान बसाइका क्रममा द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

६ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्यान्ड हुँदै जापान प्रस्थान गरेकी छिन् ।

मन्त्री राणा सोमबार राति जापान प्रस्थान गरेकी हुन् । उनी नियमित उपचारका लागि जापान गएको उनको सचिवालयले बताएको छ ।

जापान बसाइका क्रममा उनी टोकियोमा आयोजना हुने ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि सहभागी हुने बताइएको छ । उनले उक्त सम्मेलनमा सम्बोधनसमेत गर्ने कार्यक्रम छ ।

सचिवालयले उपचारका लागि जापान गएको बताए पनि मन्त्री राणाले त्यहाँ रहँदा द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?