+
+
Shares
बलिउड :

जासूस ब्रम्हाण्डको फिल्म ‘वार २’को टिजर : ऋतिक रोशन भर्सेस जुनियर एनटीआर

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बईमा बलिउडको प्रतीक्षित फिल्म ‘वार २’को टिजर सार्वजनिक भयो, जुन जुनियर एनटीआरको जन्मदिनमा रिलिज गरियो।
  • ‘वार २’को टिजरले ऋतिक रोशन र एनटीआरको लडाइलाई मुख्य आकर्षण बनाएको छ, र यो यशराज फिल्म्सको जासुसी ब्रम्हाण्डको हिस्सा हो।
  • फिल्ममा अभिनेत्री कियारा आड्वाणीलाई पहिलो पटक शीर्ष महिला भूमिकामा प्रस्तुत गरिएको छ, र यसलाई आयन मुखर्जीले निर्देशन गरेका हुन्।

मुम्बई । बलिउडको प्रतीक्षित फिल्म ‘वार २’को धमाकेदार टिजर सार्वजनिक भएको छ । अभिनेता जुनियर एनटीआरको जन्मदिन अवसरमा मंगलबार सार्वजनिक टिजरले फिल्मबारे धेरै कुरा दर्शाउँछ ।

‘वार’को दोस्रो श्रृंखलाको टिजर समग्रमा ऋतिक रोशन भर्सेस ‘आरआरआर’ फेम्ड एनटीआरको लडाइ हो । यो फिल्म यशराज फिल्म्सको ब्यानरको जासुस ब्रम्हाण्डको एक हिस्सा हो ।

टिजरमा यो फिल्मका केही रोचक तर संक्षिप्त दृश्य समेटिएको छ । यो फिल्मबाट आफूलाई स्पाइ युनिभर्समा विस्तार गरिरहेको ब्यानर यशराजमा पहिलोपटक अभिनेत्री कियारा आड्वाणीले शीर्ष महिला अभिनेत्रीको रुपमा प्रस्तुत गरेकी छन् ।

यसअघि ठूलो बजेटको फिल्म ‘ब्रम्हास्त्र’बाट निर्देशनमा डेब्यु गरेका आयन मुखर्जीले यो फिल्मलाई निर्देशन गरेका हुन् । निर्माता आदित्य चोपडाद्वारा निर्मित जासूसी संसारको सुरुवात सलमान खान र क्याट्रिना कैफ अभिनित ‘टाइगर’ फ्रान्चाइजबाट भएको थियो, जुन “एक था टाइगर“ (२०१२) र “टाइगर जिन्दा है“ (२०१७) मा प्रदर्शनमा आए ।

रोशन र टाइगर श्राफ अभिनीत “वार“ (२०१९) लाई यो युनिभर्समा समेटिएको छ ।

यसपछि सन् २०२३ मा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत “पठान“ र २०२३ मा “टाइगर ३“ रिलिज भए । “वार २“पछि ब्रम्हाण्डको पहिलो महिला निर्देशित फिल्म “अल्फा“ रिलिज हुँदैछ । त्यसपछि “टाइगर भर्सेस पठान“ रिलिज हुँदैछ, जसमा शाहरुख खान र सलमान खान दुवै छन् ।

“वार २“ अगस्ट १४ मा विश्वव्यापी थिएटरमा रिलिज हुने तालिका छ । यो हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?