
News Summary
Generated by OK AI. Editorially reviewed.- संसारको सबैभन्दा महँगो टिभी श्रृंखलाको लागत ४.२ अर्ब डलर अनुमान गरिएको छ, जसको प्रत्येक एपिसोडको लागत १०० मिलियन डलरभन्दा बढी हुनेछ।
- ‘ह्यारी पोटर’ श्रृंखलाको नयाँ सिक्वेलको कुल उत्पादन बजेट ३.१५ बिलियन पाउण्ड (४.२ बिलियन डलरभन्दा बढी) अनुमान गरिएको छ, जुन सबैभन्दा महँगो हो।
- शृंखलाको मुख्य छायांकन शहर ‘पोटरभिल’ मा लगभग १.३ अर्ब डलर खर्च भएको छ, जसमा होगवाट्र्स, किङ्स क्रस स्टेशन र प्राइभेट ड्राइभ समावेश छन्।
काठमाडौं । संसारको सबैभन्दा महँगो टिभी श्रृंखला बनाउन ४.२ अर्ब डलर खर्च हुने अपेक्षा गरिएको छ, जसको प्रत्येक एपिसोडको लागत १०० मिलियन डलरभन्दा बढी हुनेछ, जुन धेरै मार्भल फिल्मभन्दा बढी हो ।
अहिलेसम्म रिलिज भएको सबैभन्दा महँगो फिल्मलाई बनाउन ४४० मिलियन डलरभन्दा बढी खर्च भएको थियो । त्यो ‘स्टार वार्स ७’को श्रृंखला थियो, जसमा घण्टौं लामो सीजीआई प्रयोग भएको थियो । यो फिल्ममा केही ठूला नाम सहभागी थिए ।
तर, अहिले निर्माण भैरहेको टिभी श्रृंखलाको लागत हेर्दा फिल्मको बजेट न्यून देखिन्छ । संसारको सबैभन्दा महँगो टिभी श्रृंखला बनाउन ४ अर्ब डलरभन्दा बढी खर्च हुनेछ ।
‘ह्यारी पोटर’ श्रृंखलाको नयाँ सिक्वेल अहिलेसम्मकै सबैभन्दा महँगो टिभी कार्यक्रमको रूपमा चर्चा भइरहेको छ । ‘एक्सप्रेस’को एक रिपोर्टअनुसार, यो शोको प्रति एपिसोड ७५ मिलियन पाउण्ड (१०० मिलियन डलरभन्दा बढी) को उत्पादन बजेट हुनेछ ।
यो शोका ६ एपिसोडका सात सिजनको कुल उत्पादन बजेट हाल अनुमानित ३.१५ बिलियन पाउण्ड (४.२ बिलियन डलरभन्दा बढी) छ । हाल बनाइएको सबैभन्दा महँगो श्रृंखला ‘द लर्ड अफ द रिङ्स ः द रिङ्स अफ पावर’ हो, जसको प्रति-एपिसोड उत्पादन बजेट ६२ मिलियन डलर थियो र दुई सिजनको कुल लागत १ अर्ब डलरभन्दा बढी थियो । ह्यारी पोटर श्रृंखलाले त्यो भन्दा ठूलो अन्तरले उछिनेको अपेक्षा गरिएको छ ।
नयाँ ‘ह्यारी पोटर’ श्रृंखलाकोे लागतको ठूलो हिस्सा छायांकनको लागि निर्माण भइरहेको शहरमा छ । द सनको एक रिपोर्ट अनुसार, मिडियाले पोटरभिल नाम दिएको यो सानो शहरको लागत वार्नर ब्रदर्स स्टुडियोले लगभग १ अर्ब पाउण्ड (१.३ अर्ब डलर) पुर्याएको छ ।
यस शहरमा श्रृंखलाका सबै प्रमुख स्थानहरू समावेश हुनेछन्, जसमा होगवाट्र्स, किङ्स क्रस स्टेशन र प्राइभेट ड्राइभ पनि समावेश छन् । जेके रोलिङका उपन्यासहरूमा आधारित आगामी श्रृंखलालाई आठ भागको फिल्म फ्रान्चाइज भन्दा रोलिङका पुस्तकहरूको “बढी गहन“ रूपान्तरणको रूपमा वर्णन गरिएको छ ।
प्रतिक्रिया 4