+
+
Shares

लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा भनाभन

सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्वजनिक लेखा समितिको बैठकमा सभापति ऋषिकेश पोखरेल र सांसद अमनलाल मोदीबीच भनाभन भएको हो।
  • प्रतिपक्षीले उठाएका विषय सभापतिले रोक्न खोजेको आरोप सदस्य मोदीले लगाएका छन्।
  • सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न गठन भएका उपसमितिहरूको म्याद एक महिना थप गरेको छ ।

८ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको बैठकमा बोल्न समय माग्दा सभापतिले रोकेकाले भनाभन भएको माओवादी सांसद मोदीले बताए ।

‘संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्छ भन्दा सभापतिले पेल्न खोजेको उनको भनाइ छ ।

सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर धारणा राख्ने गरेको आरोप लगाएका थिए । सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको र खिच्नका लागि छुट्टै व्यक्ति ल्याएको समेत आरोप लगाएका थिए ।

यस्तै, सभापतिले हरेक पटकको बैठकलाई अमर्यादित बनाउने काम गरेको भन्दैे आलोचना गरेपछि मोदीले आफूलाई समितिका सभापतिले नभई आफ्नो पार्टीले पठाएको जवाफ दिएका थिए ।

भनाभनको क्रममा पोखरेलले मोदीलाई पटक–पटक युट्युवर ल्याएर स्टन्ड गरेको बताएका थिए ।

यसैबीच सार्वजनिक लेखा समितिले उजुरी छानविन गर्न विभिन्न समयमा गठन गरेका उपसमितिहरूको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । समितिमा परेका उजुरीमध्ये ४८ वटा उजुरीहरू छानबिनका लागि समितिले यसअघि नै उपसमिति बनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?