+

बेथेलको स्थानमा बेंगलुरुले अनुबन्ध गर्‍यो सेफर्ट

२०८२ जेठ  ८ गते १४:२४ २०८२ जेठ ८ गते १४:२४
बेथेलको स्थानमा बेंगलुरुले अनुबन्ध गर्‍यो सेफर्ट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेकब बेथेलले इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट स्वदेश फर्किएपछि टिम सेफर्टलाई बेंगलुरुले अनुबन्ध गरेको छ।
  • सेफर्टले ६६ अन्तर्राष्ट्रिय टी–२० खेल खेल्दै १५४० रन बनाएका छन् र उनलाई २ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरिएको हो।
  • बेंगलुरु हाल १२ खेलमा १७ अंकसहित दोस्रो स्थानमा छ र शीर्ष २ मा फिनिस गर्ने लक्ष्य राखेको छ।

८ जेठ, काठमाडौं । इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेल्न स्वदेश फर्कने जेकब बेथेलको स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरुले टिम सेफर्टलाई अनुबन्ध गरेको छ ।

बेथेल बेंगलुरुको शुक्रबार हुने हैदराबादसँगको १३औं खेलपछि शनिबार इंग्ल्याण्ड फर्कने छन् । त्यसपछि उनको स्थानमा न्युजिल्याण्डका टिम सेफर्ट टोलीमा सामेल हुनेछन् ।

न्यूजिल्याण्डका विकेटकिपर ब्याटर सेफर्टले ६६ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन् र १५४० रन बनाएका छन्। उनलाई बेंगलुरुले २ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो।

बेंगलुरु हाल १२ खेलमा १७ अंकसहित अंकतालिकामा दोस्रो स्थानमा छ । बेंगलुरु अब शीर्ष २ मा फिनिस गर्ने लक्ष्यमा छ ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय