News Summary
Generated by OK AI. Editorially reviewed.- साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले पीएम कप महिला/पुरुष भलिबल लिगमा विभागीय टोली त्रिभुवन आर्मीलाई ३-० को सेटमा हरायो।
- खेलमा हेल्प नेपालले पहिलो सेट टाईब्रेकमा ३०-२८ जित्यो र दोस्रो र तेस्रो सेट २५-२१ र २५-२० ले जित्यो।
- पुरुषतर्फ गण्डकीले कोशी प्रदेशलाई ३-१ र नेपाल एपीएफले सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्यो।
८ जेठ, काठमाडौं । साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं पीएम कप एनभीए महिला तथा पुरु भलिबल लिगमा विभागीय टोली त्रिभुवन आर्मीलाई सोझो सेटमा हराउँदै सानदार सुरुवात गरेको छ ।
पोखराको मल्टिपर्पोज कभर्डहलमा बिहीबार भएको खेलमा हेल्प नेपालले आर्मीलाई ३-० को सेटमा हराउँदै ३ अंक जोडेको हो ।
तीन पाकिस्तानी खेलाडी र राष्ट्रिय टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठलाई टिममा समावेश गरेको हेल्प नेपालले आर्मी विरुद्ध पहिलो सेटमा संघर्ष गर्नुपरेको थियो ।
निकै प्रतिस्पर्धात्मक पहिलो सेट टाईब्रेकमा ३०-२८ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले खेलमा अग्रता बनायो ।
त्यसपछि हेल्प नेपालले दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-२० ले जित्दै खेल जित्यो ।
बिहीबारै भएको पुरुषतर्फको अन्य खेलमा तीन पाकिस्तानी खेलाडी नै समावेश गरेको गण्डकीले कोशी प्रदेशलाई ३-१ ले पराजित गरेको छ । गण्डकीले कोशीलाई २५-१५, २१-२५, २५-२२,२५-२० ले पराजित गर्यो ।
त्यसअघि भएको पुरुषतर्फको पहिलो खेलमा विभागीय टोली नेपाल एपीएफले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हरायो । एपीएफले सुदूरपश्चिमलाई २५-१९,२५-१६,२५-१६ ले पराजित गरेको हो ।
महिलातर्फ पनि नेपाल एपीएफ क्लब र एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको छ ।
प्रतिक्रिया 4