+

शीर्षस्थानको गुजरात लखनउसँग पराजित

२०८२ जेठ  ९ गते ०:०५ २०८२ जेठ ९ गते ०:०५
शीर्षस्थानको गुजरात लखनउसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुजरात टाइटन्सले आईपीएलमा चौथो हार बेहोरेको छ।
  • लखनउ सुपर जायन्ट्सले गुजरातलाई ३३ रनले पराजित गरेको हो।
  • गुजरात १३ खेलबाट १८ अंकसहित शीर्ष स्थान कायमै छ।

८ जेठ, काठमाडौं । शीर्षस्थानको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चौथो हार बेहोरेको छ । गुजरातलाई प्लेअफ होडबाट बाहिरिसकेको लखनउ सुपर जायन्ट्सले ३३ रनले हरायो ।

लखनउले दिएको २३६ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले पूरा २० ओभरमा ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो । शाहरुख खानले सर्वाधिक ५७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

त्यस्तै शेरफन रदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जस बट्लरले ३३ र साइ सुदर्शनले २१ रन बनाए ।

लखनउका विलियम ओ’रोर्कले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । त्यस्तै आवेश खान र आयुष बदोनीले २-२ विकेट लिँदा शाहबाज अहमद र आकाश सिंहले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा २ विकेट गुमाएर २३५ रनको विशाल योगफल बनाएको थियो । मिचेल मार्शले ११७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै निकोलस पूरनले अविजित ५६ रन बनाए ।

गुजरातका लागि अर्शद खान र आर साइ किशोरले १-१ विकेट लिए ।

यस हारपछि गुजरात १३ खेलबाट १८ अंकसहित शीर्षस्थानमा यथावत् नै छ तर शीर्ष २ मा फिनिस गर्नका लागि अन्तिम खेल जित्नुपर्ने र पञ्जाब र बेंगलुरुमध्ये एक टिमले एक खेल हार्नु पर्नेछ । लखनउको १३ खेलमा १२ अंक भएको छ ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय