
News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा जारी युवा संघको राष्ट्रिय महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी भएको छ।
- महाधिवेशनमा सर्वसम्मतको प्रयासपछि विभिन्न समूहले छुट्टाछुट्टै प्रदर्शन गरेका हुन्।
- आज मनोनयन र भोलि मतदान हुनेछ, प्रहरी परिचालन गरिएको छ।
१० जेठ, पोखरा । युवा संघको राष्ट्रिय महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी भएको छ । पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतको प्रयास थालिएपछि विभिन्न समूहले छुट्टाछुट्टै नाराबाजी गरेका हुन् ।
निर्वाचनको माग गर्दै क्षितिज थेबे, सुमन पुरी र महाराजा गुरुङ तीनै जनाको समूहले छुट्टाछुट्टै प्रदर्शन गरेको हो ।
५/५ जना आकांक्षी देखिएकाले मतदान नै गराएर स्वच्छ प्रतिस्पर्धा हुन नदिनेमा रणनीतिमा नेताहरू लागेका छन् । धेरै आकांक्षी भएकाले अरुको नाममा सहमति हुन नसकेको भन्दै क्षितिजलाई अध्यक्षमा सर्वसम्मत गराउने रणनीति अपनाइएपछि अवस्था नाराबाजीसम्म पुगेको हो ।
प्रतिनिधि व्यवस्थापन प्रमुख राज गुरुङका अनुसार आज मनोनयन भएर भोलि मतदान हुने छ । महाधिवेशन स्थलमा ठूलै मात्रामा प्रहरी परिचालन समेत गरिएको छ ।
युवा संघको शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनमा १ हजार ७०० प्रतिनिधि छन् ।
प्रतिक्रिया 4