
News Summary
Generated by OK AI. Editorially reviewed.- १० जेठमा काठमाडौंको घटना हो, जहाँ डोल्पाको ठूलीभेरी नगरपालिका–१ ठाला लेकमा झडप भएको थियो।
- झडप पूर्वी रुकुम, डोल्पा र ठूली भेरी नगरपालिका का स्थानीहरूबीच सीमा विवादले भएको हो।
- सशस्त्र प्रहरी बलले हवाइ फायरिङ समेत गरेर स्थिति नियन्त्रणमा ल्याएको छ।
१० जेठ, काठमाडौं । यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच डोल्पाको ठूलीभेरी नगरपालिका–१ ठाला लेकमा झडप भएको छ । यो घटना, शनिबार दिउँसोको हो ।
पूर्वी रुकुम जिल्ला मैकोट गाउँपालिका र डोल्पाको काईके गाउँपालिका तथा ठूली भेरी नगरपालिकाका स्थानीहरूबीच विवाद भइ आपसमा झडप भएको हो ।
सशस्त्र प्रहरीका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सीमा इलाकाको विषयमा विवाद हुँदा करि ६/७ सय जनाको संख्यामा रहेका व्यक्तिहरूबी आपसमा झडप भएको थियो ।
उक्त स्थिति नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बलले हवाइ फायरिङ समेत गर्नुपरेको थियो ।
डीएसपी थापाका अनुसार, सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको सुरक्षाफौजले एसएलआर बाट २ राउण्ड हवाई फायर गरेको थियो ।
अहिले त्यहाँको अवस्था सामान्य रहेको थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4