
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित सिद्धार्थ बैंक नजिकै भारतीय नम्बर प्लेटको कारलाई फोर्स गाडीले ठक्कर दिएको छ।
- शनिबार दिउँसो साढे २ बजेको समयमा भारतीय कारलाई ठक्कर दिइएको र चालक फरार रहेको प्रहरीले जनाएको छ।
- उक्त घटनामा घरको भित्तामा सामान्य क्षति पुगेको र घरको विवरण खुलिसकेको छैन।
१० जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित सिद्धार्थ बैंक नजिकै थानकोट यातायातको फोर्स गाडीले भारतीय नम्बर प्लेटको कारलाई ठक्कर दिएको छ । उक्त गाडी कारलाई ठक्कर दिएर नजिकै रहेको घरमा बज्रिन पुगेको थियो ।
शनिबार दिउँसो साढे २ बजेको समयमा नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको बीआर ०१ पीसल नम्बरको भारतीय कारलाई बा २ ख ९३९३ नम्बरको फोर्स गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उक्त घर धनिको विवरण खुलिसकेको छैन । घरको भित्तामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
गाडी ठक्कर दिएका चालक भने फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4