+
+
Shares

प्राज्ञ लम्साललाई ‘विश्व नेपाली ऋषि रंगमञ्च’ सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुरु लम्सालले ‘विश्व नेपाली ऋषि रंगमञ्च शीर्ष सम्मान तथा पुरस्कार’ प्राप्त गरे।
  • पुरस्कार स्वर्गीय ऋषिराज बरालको नाममा स्थापित र ११ हजार १११ रुपैयाँ रहेको छ।
  • सम्मान समारोहमा वरिष्ठ संगीतकार बुलु मुकारूङले लम्साललाई बहुआयामिक स्रष्टाका रूपमा चिनाए।

११ जेठ, काठमाडौं । नाटककार, कवि तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ पुरु लम्सालले ‘विश्व नेपाली ऋषि रंगमञ्च शीर्ष सम्मान तथा पुरस्कार’ प्राप्त गरेका छन् । इतिहासका अन्वेषक तथा अध्येता स्वर्गीय ऋषिराज बरालको नाममा स्थापित पुरस्कार शनिबार विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार, अन्वेषक तथा प्राज्ञ बुलु मुकारूङले लम्साललाई सम्मान प्रदान गरेका हुन्।

सम्मान समारोहमा मुकारूङले विगत २५ वर्षदेखि नेपाली साहित्य, नाटक र रंगमञ्चमा सक्रिय लम्साललाई बहुआयामिक स्रष्टाका रूपमा चिनाउँदै यो सम्मान नयाँ पुस्ताका लागि पनि प्रेरणाको स्रोत हुने बताए।

पूर्व निर्वाचन आयुक्त डा. रामभक्त ठाकुरले बाल्यकालमा बालकृष्ण समसँग नाटक खेलेको सम्झना गर्दै पुरु लम्साल नाटकमा निरन्तर क्रियाशील रहँदै आएको उल्लेख गरे।

त्यस्तै, प्राज्ञ लक्ष्मी उप्रेतीले युवा उमेरमै लम्सालले गरेको उपलब्धि र निरन्तरताले सबैलाई लोभ्याउने र प्रेरित गर्ने बताइन् ।

ऋषिराज बरालको स्मृतिमा उनकी धर्मपत्नी निर्मला बरालद्वारा स्थापना गरिएको यस सम्मान तथा पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?