News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदूषण, तनाव र रसायनिक उत्पादनले कपाल झर्ने मुख्य कारण हुन्।
- कपालको हेरचाहका लागि विभिन्न घरेलु उपायहरू सुझाइएका छन्।
प्रदूषण, तनाव, बदलिँदो खानपान, निद्राको कमी र रसायनिक उत्पादन आदि कपाल झर्ने सबैभन्दा ठूला कारणहरू हुन् । यसका कारण कपाल कमजोर र सुख्खा हुन्छ । त्यसैले, कपाललाई यसको साइड इफेक्टबाट जोगाउन, यसको उचित हेरचाह गर्नु महत्त्वपूर्ण हुन्छ । यस्तोमा रुखो र उल्झिएको कपालबाट छुटकारा पाउनका लागि केही हेयर मास्क लगाउन सकिन्छ ।
१.घ्यूकुमारी र मह
३ चम्चा घ्युकुमारीको जेल, २ चम्चा मह र १ चम्चा दूधलाई राम्रोसँग मिसाउने । अब तयार मिश्रणलाई कपाल र जरामा लगाउने । ३० मिनेटपछि धुने । यो मास्कले कपालमा नमी प्रदान गर्छ, जसले रुखोपनको समस्यालाई कम गर्छ । घ्यूकुमारी र मह दुवै आफ्नो मॉइस्चराइजिङ गुणका लागि परिचित छन् । जसले कपाललाई मुलायम बनाउँछ ।
२.नरिवलको तेल र मह
१ चम्चा मह र १ चम्चा नरिवलको तेललाई एकसाथ मिसाएर तताउने । केही समय सेलाएपछि कपालमा लगाउने र २० मिनेटपछि धुने । नरिवलको तेलले कपालमा नमी प्रदान गर्छ र तिनलाई नरम बनाउँछ । महले कपाललाई पोषण दिन्छ र चमकदार बनाउँछ । उल्झिएको कपाललाई सुल्झाउन र कपालमा चमक ल्याउन यो मास्क प्रयोग गर्न सकिन्छ ।
३.अण्डा र दही
१ अण्डा र २–३ चिया चम्चा दहीलाई राम्रोसँग मिसाउने, कपालमा लगाएर २० मिनेटपछि धुने । यो मास्कले कपालको फ्रिजिनेस कम गर्छ र कपाललाई मुलायम बनाउँछ साथै कपालको वृद्धिलाई पनि प्रोत्साहन गर्छ । कपालको वृद्धिका लागि यो मास्क उपयोगी हुन्छ ।
४.केरा र मह
१ पकेको केरा र १–२ चिया चम्चा महलाई एकसमान नहुन्जेल मिसाउने र कपालमा लगाउने । २० मिनेट त्यो मास्कलाई छोडेर त्यसपछि धुने । महले कपालमा नमी प्रदान गरेर हाइड्रेटेड र नरम राख्न मद्दत गर्छ । केराले कपालको लचिलो पनलाई कायम राख्छ, जबकि महले नमीलाई लक गर्छ ।
४.दही र कागती
२ चम्चा दहीमा १–२ कागतीको रस मिसाएर कपालमा लगाउने । २० मिनेटपछि धुने । दहीमा पाइने ल्याक्टिक एसिडले कपाललाई पोषण दिन्छ र बलियो बनाउँछ । कपाललाई बलियो बनाउन र रुखो हुनबाट बचाउन यो मास्क प्रयोग गर्न सकिन्छ ।
४.जैतुनको तेल र मह
२–३ चम्चा जैतुनको तेल र १ चिया चम्चा महलाई मिसाएर कपालमा लगाउने । २० मिनेटपछि धुने । मह र जैतुनको तेलको संयोजनले कपाललाई गहिरो पोषण प्रदान गर्छ, जसले तिनलाई नरम, हाइड्रेटेड र चमकदार बनाउँछ । उल्झिएको र रुखो कपालमा नमी भर्न र चमक ल्याउन यो मास्क लगाउन सकिन्छ ।
७.एलोभेरा जेल र जैतुनको तेल
२ चम्चा एलोभेरा जेल र १ चम्चा जैतुनको तेललाई मिसाएर कपाल र जरामा लगाउने । आधा घण्टापछि धोएर हटाउने । यो हेयर मास्कले कपालको रुखोपन हटाउन मद्दत गर्छ । रुखो र सुख्खा कपालमा चमक ल्याउन यो मास्क हप्तामा दुई पटक लगाउन सकिन्छ ।
प्रतिक्रिया 4