+
+
Shares

थाइल्यान्डबाट गाँजा बोकेर आएका २ भारतीय विमानस्थलमा पक्राउ

उनीहरू थाई एयरलाइन्सको उडानबाट आइतबार काठमाडौं आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई भारतीय नागरिकलाई गाँजा सहित पक्राउ गरिएको छ ।
  • थाई एयरलाइन्सको उडानबाट काठमाडौं आएका उनीहरूको साथबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
  • प्रहरीले उनीहरूलाई लागु औषधि नियन्त्रण ब्यूरोमा पठाएको छ।

१२ जेठ, काठमाडौं । थाइल्यान्डबाट गाँजा बोकेर आएका दुई भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ३० वर्षीय मोहम्मद अस्राफ मुहम्मिद र २३ वर्षीय मोहम्मद सफ्भान कक्काटी छन् । उनीहरूलाई विमानस्थलबाट प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो ।

अस्राफको साथबाट ३ किलो ४४० ग्राम र सफ्भानको साथबाट १ किलो ६५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरू थाई एयरलाइन्सको उडानबाट आइतबार काठमाडौं आएका थिए ।

पक्राउ परेका दुवैलाई गाँजासहित लागु औषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?