+

आयुषले पनि एसियन एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

२०८२ जेठ  १२ गते १४:५२ २०८२ जेठ १२ गते १४:५२
आयुषले पनि एसियन एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयुष कुँवर २६औं एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुने भएका छन् ।।
  • नेपालबाट ५ धावकसहितको टोली च्याम्पियनसिपमा सहभागी भएको छ।

१२ जेठ, काठमाडौं । आयुष कुँवरले पनि दक्षिण कोरियाको गुहीमा हुने २६औं एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिने भएका छन् । हाल अमेरिकामा बस्दै बएका धावक आयुष उतैबाट कोरिया पुगेका हुन् । आयुषले पुरुष १०० र २०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

आयुषले एसियन च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य रहेको बताए । यस्तै नेपालबाट यसअघि नै ५ धावकसहितको नेपाली टोली च्याम्पियनसिपमा सहभागी हुन दक्षिण कोरिया गएको छ । आयुषसहित नेपालका ६ खेलाडी सहभागी भएका छन् ।

आयुष र शिवराज पार्कीले पुरुष १०० र २०० मिटरमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै मुकेश पालले पुरुष १५०० र ५ हजार मिटर, सलिम देवानले लङजम्पमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ चन्द्रकला लाम्गाडेले ज्याभ्लिन थ्रो र सटपुट तथा फुलमती रानाले ८०० र १५०० मिटर दौडमा सहभागिता जनाउने छन् । नेपाली टोलीको प्रशिक्षकमा उषाकर्ण चौधरी छिन् ।

मिसन २०२६ अन्तर्गत २०औं एसियन गेम्सको तयारीमा रहेका खेलाडीहरुलाई च्याम्पियनसिपमा सहभागी गराइएको हो । च्याम्पियनसिप  मे २७ देखि ३१ सम्म हुनेछ ।

मिसन २०२६ मा नरहेका आयुष र शिवराज पार्कीलाई खेतिपाती अर्गानिक्स, ओभर अन्डर एक्सवाईजेड र शिवम सिमेन्टले प्रायोजन गरेको छ ।

आयुष कुँवर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय