+
+
Shares

‘जन्ते बाख्रो’को रमाइलो ट्रेलर : योग्य वधु छान्न भोग्नुपर्ने सकसको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘जन्ते बाख्रो’को ट्रेलर सोमबार सार्वजनिक भयो, जसमा मुख्य पात्र सौगात मल्ल, गरिमा शर्मा र आसिफ शाह छन्।
  • फिल्मले अविवाहित युवक कमल र सम्झना बीचको प्रेम र विवाहको संघर्षलाई हास्य र इमोशनसहित चित्रण गर्दछ।
  • निर्देशक सिमोस सुनुवार र लेखक प्रदीप भारद्धाजले तयार पारेको यो फिल्म २३ जेठदेखि प्रदर्शनमा आउनेछ।

काठमाडौं । सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाहको शीर्ष भूमिका रहेको म्यारिज-सोसल ड्रामा ‘जन्ते बाख्रो’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा झण्डै ४ मिनेटको ट्रेलर लन्च गरियो ।

ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र द्वन्द्वबारे प्रकाश पार्छ । फिल्ममा सौगातले कमल नामक अविवाहित युवकको भूमिका निर्वाह गरेका छन् । उक्त पात्रलाई आमाको हेरचाह गर्ने दुलहीको खोजी गर्नुछ । ऊ जीवनमा चोट पाएकी केटीसँग विवाह गर्न चाहन्छ । यसका लागि उसले सम्झना (गरिमा शर्मा)लाई भेट्छ ।

कमल र सम्झना एकअर्कालाई मनपराउँछन् । तर, सम्झनाको बुवा छोरीको विवाह अर्कै केटासँग (आसिफ शाह)सँग गर्न चाहन्छन् । यो नोकझोकमा आसिफ र सौगातको पात्रले गरिमाको पात्र सम्झनाको मन जित्नुपर्नेछ । सम्झनालाई आफ्नी बनाउन कमलसँग केही अवरोध छन् । त्यसलाई उसले चिर्नुछ ।

के कमलले सम्झनालाई आफ्नी बनाउन सक्ला त ? ‘जन्ते बाख्रो’को कमेडी र इमोसन तत्व भरिएको ट्रेलरको मुख्य रहस्य यही हो । यो लाइट कमेडीले मुख्य पात्रले योग्य वधु छान्न गर्नुपर्ने संघर्षलाई चित्रण गर्छ ।

सिमोस सुनुवार निर्देशित यो फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया, कमल देवकोटा, संगीता शर्मा, समापिका गौतम, रुषा न्यौपाने, कुसुम शर्माको पनि अभिनय यसमा छ ।

प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्म २३ जेठदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?