+

फाइनलभन्दा १० मिनेटअघि विमानस्थलमा ओर्लँदै गरेका राजाले जब विजयी शट प्रहार गरे

२०८२ जेठ  १२ गते १७:४८ २०८२ जेठ १२ गते १७:४८
फाइनलभन्दा १० मिनेटअघि विमानस्थलमा ओर्लँदै गरेका राजाले जब विजयी शट प्रहार गरे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिकन्दर राजाले पाकिस्तान सुपर लिगको फाइनलमा महत्वपूर्ण भूमिका खेलेका थिए।
  • खेलको टसभन्दा १० मिनेटअघि मात्र लाहोर ओर्लिएका उनले मैदान पुगेर खेल जिताउन नै भूमिका खेले ।

१२ जेठ, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल)को इतिहासमा सबैभन्दा नाटकीय क्षणमध्येको एक रह्‍यो आइतबारको फाइनल । जिम्बाबेका अलराउन्डर सिकन्दर राजाले लाहोर कालान्दर्सलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले तर उनी फाइनल खेल्नुअघिको प्रसंग भने रोचक छ ।

उनी फाइनल खेलको टस हुनुभन्दा १० मिनेटअघि मात्रै पाकिस्तानको लाहोर ओर्लिएका थिए, त्यो पनि कुनै नजिकको ठाउँबाट होइन, इंग्ल्याण्डबाट यूएई अनि त्यहाँबाट पाकिस्तान ।

एक दिनअघि इंग्ल्याण्डसँगको टेस्टको दोस्रो इनिङमा ६० रन बनाएका राजा खेल सकिएपछि विमानस्थल हानिएका थिए र यूएईको दुबई आएर ब्रेकफास्ट गरे भने अबुधाबी पुगेर लन्च गरे ।

त्यहाँबाट पाकिस्तानको लाहोर प्रस्थान गरेका उनी विमानस्थलबाट सिधै आइतबारको पीएसएल फाइनल खेल्न मैदानतर्फ नै लागे ।

फाइनल खेलमा उनले चारै ओभर बलिङ गरेर पछि ब्याटिङमा पनि विजयी चौका उनैले प्रहार गरेका थिए । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा उनले चौथो बलमा छक्का र पाँचौं बलमा चौका प्रहार गरे ।

खेलपछि राजालाई टोलीका अन्य खेलाडीहरूले काँधमा बोकेका थिए । ‘टोलीलाई मेरो आवश्यकता थियो, थकाइलाई बेवास्ता गरेँ र यात्रा गरें। यस्तो टोलीको हिस्सा हुन पाएकोमा म भाग्यमानी छु’ उनले खेलपछि भनेका थिए ।

३९ वर्षीय सिकन्दर जिम्बाबेको राष्ट्रिय टोलीबाट तीनवटै फर्म्याटमा तथा फ्रेन्चाइज लिगहरूमा पनि सक्रिय भएर खेलिरहेका छन् ।

सिकन्दर राजा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय