+
+
Shares

गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता, बुधबार सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतमा मंगलबार नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिट निवेदन दर्ता भएको छ।
  • अधिवक्ताहरूले पौडेलको नियुक्ति कानुनसम्मत नभएको र राजनीतिक दलको सदस्य भएको दावी गरेका छन्।
  • सुनुवाइ बुधबारका लागि तोकिएको छ।

१३ जेठ, काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिट सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि रिट निवेदन दिएका हुन् ।

उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारि र नियुक्ति दुवै गैरकानुनी रहेको दावी गरेका छन् । निवेदकहरूले नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?