+
+
Shares

कमल थापाले भने- राष्ट्रिय सहमति भए हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताए।
  • उनले यदि वृद्ध राजा आवश्यक भए ज्ञानेन्द्र शाह पनि राजा बन्न तयार हुनुपर्ने बताए।
  • थापाले वर्तमान सरकारले गणतन्त्रको विरोध गर्न कानून बनाउन खोजेको आरोप लगाए।

१३ जेठ, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् ।

१५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरूसँग भएको छलफलमा थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०/२१ वर्षको हुनुभयो ।’

उनले ज्ञानेन्द्र शाहको विकल्पमा जान सकिने  बताए । उनले भने, ‘यदि ज्ञानेन्द्र शाहलाई वृद्ध भयो भन्नुहुन्छ भने विकल्पमा जान तयार हुनुपर्छ । तर यसमा सहमतिमा हुनुपर्छ ।’

उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रियलाइजेसन महत्वपूर्ण रहेको बताए ।

वर्तमान सरकारले गणतन्त्रको विरोध गर्नु राज्यद्रोह हो भन्ने खालको कानून बनाउन खोजेको थापाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?