+
+
Shares

विभागसँग प्रधानमन्त्रीले लिए यो वर्षको मौसम पूर्वानुमानबारे जानकारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभागसँग मौसम पूर्वानुमानबारे जानकारी लिएका हुन्।
  • विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको थियो।

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको मौसम पूर्वानुमानबारे जल तथा मौसम विज्ञान विभागसँग जानकारी लिएका छन् ।

विभागले ७ जेठमा ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने बताएको थियो ।

विभागको यस्तो प्रक्षेपण सार्वजनिक भइसकेको अवस्थामा प्रधानमन्त्री ओलीले मंगलबार विभागसँग यसबारे विस्तृत जानकारी लिएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार प्रधानमन्त्री ओलीले मौसम पूर्वानुमान बारेमा विभागका अधिकारीहरू जानकारी लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?