+

एचजेबीएल : हाउण्ड्सको छैटौं जित, सामाखुशीको पहिलो जित

२०८२ जेठ  १३ गते २२:०० २०८२ जेठ १३ गते २२:००
एचजेबीएल : हाउण्ड्सको छैटौं जित, सामाखुशीको पहिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन जाभा बास्केटबल लिगमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८८-८३ ले पराजित गरी छैटौं जित हासिल गर्‍यो।
  • सामुखशी युथ क्बलले पहिलो पटक सातौं खेलमा जित हासिल गरी ८ अंकसहित अन्तिम स्थानमा पुगेको छ।
  • खेल परिणाम अनुसार हाउण्ड्स शीर्ष स्थानमा रहँदा कीर्तिपुर पाँचौं र सामुखशी अन्तिम स्थानमा छन्।

१३ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा हाउण्ड्स एकेडेमीले छैटौं जित हात पारेको छ । यस्तै सामुखशी युथ क्बलले सातौं खेलमा आएर पहिलो जित निकालेको छ ।

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले कीर्तिपुरमाथि ८८-८३ को रोमाञ्चक जित हात पार्‍यो । जितपछि १३ अंक जोडेर हाउण्ड्स शीर्ष स्थानमै छ । कीर्तिपुर ७ खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा छ ।

पहिलो क्वाटर कीर्तिपुरले २४-२३ ले अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा हाउण्ड्सले पुनरागमन गर्दै २४-२० ले आफ्नो पक्षमा पार्‍यो र ४७-४४ को अग्रता बनायो । हाउण्ड्सले तेस्रो क्वाटर पनि २४-१८ ले आफ्नो पक्षमा पारेपछि ७१-६२ को अग्रता बनाएको थियो ।

चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २१-१७ ले आफ्नो पक्षमा पारेपनि हार टार्न पर्याप्त भए ।

हाउण्ड्सका सौरभ श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । कीर्तिपुरका लागि निश्चल महर्जनले २८ अंक स्कोर गरेपनि जिताउन सकेनन् । हाउण्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २२ अंक जोडे ।

मंगलबारै भएको अर्को खेलमा सामाखुशीले रोएललाई ८७-८० ले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

पहिलो क्वाटरमा सामाखुशी र रोएल दुवैले समान १८ अंक जोडेका थिए । दोस्रो क्वाटर रोएलले २५-२३ ले आफ्नो पक्षमा पार्दै हाफ टाइममा ४३-४१ को अग्रता बनायो । तर त्यसपछि दुई क्वाटरमा सामाखुशीले पुनरागमन गर्दै खेल जित्यो । तेस्रो क्वाटर २०-१४ ले आफ्नो पक्षमा पारेको सामाखुशीले चौथो क्वाटर २७-२३ ले आफ्नो पक्षमा पारेको थियो ।

सामाखुशीको जितमा २३ अंक स्कोर गरेका प्रज्वल महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । रोएलका लागि प्रसङ ध्वज मास्केले २६ अंक स्कोर गरेपनि जितका लागि पर्याप्त भए ।

सामाखुशीले पहिलो जितपछि ७ खेलबाट ८ अंक जोडेको छ । अंकतालिकामा सामुखशी अन्तिम स्थानमै छ । पाँचौ हार व्यहोरेको रोएलको ७ खेलबाट ९ अंक भएको छ र चौथो स्थानमा छ ।

हिमालयन जाभा बास्केटबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय