
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले तीन सांसदको पीएसओ फिर्ता नभएको पुष्टि गरे।
- प्रहरीले ब्रिफिङका लागि पीएसओलाई हेडक्वाटर बोलाएको बताए।
- राप्रपा का सांसदले पीएसओको दाबी सरकारले खोसेको आरोप लगाए।
१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन सांसदको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) फिर्ता नगरिएको दाबी प्रहरीले गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नियमिति हुने ब्रिफिङका लागि पीएसओलाई हेडक्वाटर बोलाइएको हो ।
प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘पीएसओ फिर्ता होइन, उहाँहरूले भोलि प्रदर्शन गर्ने भन्नु भएको छ । सुरक्षा अवस्था के–कस्तो छ बुझ्नुपर्ने हुन्छ । सुरक्षा संवेदनशीलतालाई ध्यान राख्दै ब्रिफिङका लागि बोलाएका हौं ।’
यता राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने आफूलगायत सांसद ध्रुबबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले खोसेको दाबी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4