
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि निरन्तर प्रयास आवश्यक भएको बताए।
- उनले धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा काम अघि बढ्ने बताए।
- सरकार र जापानी सहयोग नियोबीचको सम्झौताअनुसार ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माण हुन लागेको हो।
१४ जेठ, काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा काट्ने गल्लीगल्लीमा भेटिने भन्दै आशावादी हुनुपर्नेमा जोड दिएका छन् । काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको बुधबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो नहुने बताए ।
विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशा देखिएको प्रधानमन्त्री ओलीको दाबी छ । उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुुले स्थानीय जनतामा आत्मविश्वास पलाएको बताए ।
‘तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरुले यो काम अघि बढाए । अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुुट्न दिनुहुँदैन । यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ’, उनले भने ।
सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिनेमा प्रधानमन्त्री ओलीले विश्वास ब्यक्त गरे ।
सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।
प्रतिक्रिया 4