News Summary
Generated by OK AI. Editorially reviewed.- एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल समूह \'के\' मा परेको छ ।
- नेपालको खेल सेप्टेम्बरमा ताजकिस्तानमा हुनेछ।
- समूह विजेताले सिधै एसियन कपमा स्थान पाउनेछन्, र उत्कृष्ट चार उपविजेता पनि छनोट हुनेछन्।
१५ जेठ, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ ।
बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको ड्र मा नेपालसहित ताजकिस्तान, सिरिया र फिलिपिन्स समूह के मा परेका छन् ।
एसियाका ४४ टिमलाई विभिन्न ११ समूहमा विभाजन गरी प्रत्येक समूहमा ४-४ टोली हुनेछन् । नेपाल रहेको समूहको खेल आउँदो सेप्टेम्बरमा ताजकिस्तानमा हुनेछ ।
आयोजक साउदी अरेबिया सिधै छनोट भइसकेको छ । ११ समूहबाट समूह विजेता बन्ने टोली एसियन कपमा सिधै छनोट हुनेछन् ।
समूह उपविजेतामध्ये उत्कृष्ट चार टिम पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।
प्रतिक्रिया 4