+
+
Shares

संस्थानहरूको कुल सम्पत्ति जीडीपी अनुपातमा ५० प्रतिशत

२०८०/८१ मा संस्थानको कुल चुक्ता पूँजी गत आवको तुलनामा १.४० प्रतिशतले वृद्धि भई ४ खर्ब २१ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्वजनिक संस्थानहरूको २०८०/८१ को सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड ८ लाख पुगेको छ, अघिल्लो आवको तुलनामा २.२० प्रतिशतले वृद्धि भएको हो।
  • उक्त अवधिमा संस्थानको चुक्ता पूँजी ४ खर्ब २१ अर्ब ६४ करोड ४७ लाख पुगेको र सञ्चित नाफा ९२ अर्ब ७२ करोड ३६ लाख पुगेको जानकारी दिइएको छ।
  • सार्वजनिक संस्थानहरूको आर्थिक सूचकहरू मिश्रित रहेको र जीडीपीमा कुल सम्पत्तिको अनुपात लगभग समान रहेको विश्लेषण गरिएको छ।

१५ जेठ, काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड ८ लाख पुगेको छ । यो कुल सम्पत्ति अघिल्लो आवको तुलनामा २.२० प्रतिशतले धेरै हो ।

यो कुल सम्पत्ति सोही वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपातमा ५० प्रतिशतभन्दा बढी हो । २०८०/८१ को जीडीपी ५७ खर्ब ५ अर्ब थियो ।

त्यसैगरी २०८०/८१ मा संस्थानको कुल चुक्ता पूँजी गत आवको तुलनामा १.४० प्रतिशतले वृद्धि भई ४ खर्ब २१ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा संस्थानको सञ्चित नाफा ४१.०३ प्रतिशतले वृद्धि भई ९२ अर्ब ७२ करोड ३६ लाख पुगेको छ । मध्यम तथा दीर्घकालीन ऋण २०७९/८० को तुलनामा ५.६० प्रतिशतले वृद्धि भई ८ खर्ब ४३ अर्ब ७९ करोड ७ लाख पुगेको छ भने अल्पकालीन दायित्व ३.८८ प्रतिशतले वृद्धि भई ८ खर्ब ४ अर्ब १६ करोड ३१ लाख पुगेको छ ।

चालु र अन्य दायित्व तथा व्यवस्थामा गत वर्षको तुलनामा २०.८५ प्रतिशतले कमी आई २ खर्ब २४ अर्ब ६३ करोड २४ लाख भएको छ । खुद स्थिर सम्पत्ति ७.०३ प्रतिशतले वृद्धि भई १२ खर्ब १९ अर्ब ६५ करोड ४१ लाख पुगेको छ भने चालु सम्पत्ति ८.४० प्रतिशतले कमी आई २ खर्ब ५१ अर्ब १६ करोड ३२ लाख कायम भएको छ ।

कुल लगानी ११.१७ प्रतिशतले घटी ४ खर्ब ३७ अर्ब ९३ करोड ६७ लाख पुगेको छ भने कर्जा लगानी ०.८८ प्रतिशतले कमी आई ७ खर्ब ४८ अर्ब ३२ करोड ५५ लाख भएको छ ।

नगद तथा बैंक मौज्दात २७.४६ प्रतिशतले वृद्धि भई १ खर्ब ८१ अर्ब ३५ करोड ५४ लाख भएको छ । २०८०/८१ मा संस्थानको कुल सम्पत्ति २.२० प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड ८ लाख पुगेको छ, जुन सोही वर्षको जीडीपी अनुपातमा ५० प्रतिशतभन्दा बढी हो ।

नेपालको सार्वजनिक संस्थानको जीडीपीमा कुल सम्पत्तिको अनुपात र विश्व अर्थतन्त्रमा सार्वजनिक संस्थानको विश्वको जीडीपीमा अनुपात लगभग समान देखिन्छ ।

आव २०८०/८१ मा समग्र संस्थानको चुक्ता पूँजी, कूल सम्पत्ति र नगद तथा बैंक मौज्दातमा वृद्धि भएको छ भने लगानी, चालु र अन्य दायित्व तथा व्यवस्थामा कमी आएको छ । यसरी सार्वजनिक संस्थानको समग्र आर्थिक सूचक मिश्रित रहेको देखिन्छ ।

२०८०/८१ मा चुक्ता पूँजी अधिक रहेका ३ संस्थान नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको हिस्सा कुल चुक्ता पूँजीको ६८.६५ प्रतिशत छ । यो २०७९/८० को तुलनामा ०.२२ प्रतिशत बिन्दुले धेरै हो ।

२०८०/८१ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड ४६ लाख छ । सोही अवधिको जीडीपीमा उक्त रकमको अनुपात ११.५७ प्रतिशत छ । यो अनुपात गत आवको तुलनामा ०.७२ प्रतिशत बिन्दुले कम हो ।

विगत पाँच वर्षको यस्तो अनुपात विश्लेषण गर्दा आव २०७७/७८ मा यो अनुपात सबैभन्दा कम ९.७१ प्रतिशत रहेको पाइएको छ । चालु आव जीडीपी ६१ खर्ब ७ अर्ब बराबर हुने अनुमान छ । २०८०/८१ मा कुल ५७ खर्ब ५ अर्ब बराबर जीडीपी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?