+

महिलाको गर्भपतन अधिकारलाई अपराधिकरण गर्न नहुनेमा जोड

२०८२ जेठ  १५ गते ११:१६ २०८२ जेठ १५ गते ११:१६
महिलाको गर्भपतन अधिकारलाई अपराधिकरण गर्न नहुनेमा जोड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा ‘गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार’ विषयक सचेतना कार्यक्रम सम्पन्न भयो।
  • कार्यक्रमले महिलाको गर्भपतन अधिकारलाई निरअपराधिकरण गर्न र कानुनमा सुधार गर्न जोड दियो।
  • सहभागीहरूले कविता, वृत्तचित्र, संगीत र नाटकमार्फत् गर्भपतनको अधिकारको महत्व प्रवर्द्धन गरे।

१५ जेठ, काठमाडौं । ‘गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार’ विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसका अवसरमा बुधबार काठमाडौंमा कार्यक्रम गरिएको हो । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा सेन्टर फर रिप्रोडक्टिभ (सिआरआर)ले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए ।

सचेतना कार्यक्रममा महिलाको गर्भपतन अधिकारलाई निरअपराधिकरण गर्नुपर्नेमा विषयलाई जोड दिइएको थियो । महिलाको मानवअधिकारलाई सुरक्षित राख्न अपराध संहिता र सुरक्षित मातृत्व ऐनमा सुधार गर्नुपर्ने एफडब्लुएलडीका सचिव लक्ष्मी पोखरेलले बताइन् । अनइच्छुक गर्भपर्तन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुने सचिव पोखरेलले जोड दिइन् ।

सिआरआरका प्रभाकर श्रेष्ठले गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकारको अभियानमा सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा संघीय संसदका सांसद, अधिकारकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कविता, वृत्तचित्र, संगीत र नाटकमार्फत् गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार हो भन्ने कुराको सचेतना गरिएको थियो ।

सहयात्रा वृत्तचित्रमार्फत् सहभागीलाई अहिलेको कानुनले गर्भपतनलाई अपराधिकरण गरेको दृश्य देखाइएको थियो । वर्तमान ऐनले नेपाली समाजमा पारेको प्रभावले कस्ता समस्या सिर्जना गरिएको छ भन्ने देखाइएको थियो ।

त्यसैगरी कवि पुरुषोत्तम मिश्रले एउटी आमाको प्रश्न कवितामार्फत् गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकारका बारेमा प्रष्ट्याएका थिए । एफडब्लुएलीका अधिवक्ता नविनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भिजिविलिटी इम्प्याक्ट समूहले किशोरीहरुको चाहना, वर्तमान अवस्था र समाजले डोर्याउन खोजेको बाटोबारे गीत र नाटकमार्फत् सकारात्मक सन्देश दिइएको थियो ।

यसैगरी शैली थिएटरका कलाकारले एउटा परिवारमा लापरवाहीले कस्तो दुर्घटना निम्त्याउँछ भन्ने सामग्री देखाइएका थिए । अन्तराष्ट्रिय सन्धी, सम्झौता, सर्वोच्च अदालतको व्याख्या र अधिकारकर्मीहरूले गर्भपतनलाई अपराधका घेरामा राख्न नहुने मत कार्यक्रममा उठेको थियो ।

गर्भपतन महिला अधिकार सुरक्षित मातृत्व
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

फिजियोथेरापिस्टले नामको अगाडि डाक्टर लेख्न मिल्ने कि नमिल्ने ?

फिजियोथेरापिस्टले नामको अगाडि डाक्टर लेख्न मिल्ने कि नमिल्ने ?

के कारण लाग्छ झाडापखला, किन खाइन्छ जीवन जल  ?

के कारण लाग्छ झाडापखला, किन खाइन्छ जीवन जल ?

महिनावारीको समयमा प्याड वा कप प्रयोग गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

महिनावारीको समयमा प्याड वा कप प्रयोग गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

रगतको मर्यादा

रगतको मर्यादा

थाइराइडले पनि हुनसक्छ मानसिक समस्या

थाइराइडले पनि हुनसक्छ मानसिक समस्या

अकुपंचर : प्राचीन सुईको आधुनिक चमत्कार

अकुपंचर : प्राचीन सुईको आधुनिक चमत्कार