+
+
Shares

बजेट बिचौलिया हाँस्ने र जनता रुने खालको छ : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई गरिब जनता रुने खालको टिप्पणी गरे।
  • साहले बजेटले देशलाई झनै बर्बाद गर्ने खालको भएको बताए र कुहिएको काठले राम्रो फर्निचर बनाउन नसक्ने उदाहरण दिए।
  • उहाँले बजेटबारे यस्तो टिप्पणी संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै व्यक्त गर्नुभयो।

१५ जेठ, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गरिब जनता रुने खालको आएको टिप्पणी गरेका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बजेटबारे यस्तो बताएका हुन् ।

‘यो बजेटलाई हेर्दा, बिचौलिया हाँस्ने र गरिब जनता रुने खालको छ,’ साहले भने, ‘यो बजेटले देशलाई झनै बर्बाद गर्ने खालको छ ।’

कुहिएको काठले राम्रो फर्निचर बनाउन नसक्ने भन्दै उनले अघि भने, ‘कुहिएको काठले राम्रो फर्निचर बनाउन सक्दैन । हात्ती आयो हात्ती आयो फुस्स भनेजस्तो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?