+
+
Shares

टीकापुरमा कफी पिइरहेका युवकमाथि खुकुरी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १९:०१
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको टीकापुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।
  • खुकुरी प्रहार गर्ने दुई व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

१५ जेठ, धनगढी । कैलालीको टीकापुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि बिहीबार दिउँसो घर नजिकैको क्याफेमा कफी पिइरहेका बेला खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले खुकुरी प्रहारबाट घाइते भएका विष्टको टाउको र छातीमा चोट रहेको जानकारी दिए ।

उनकाअनुसार टीकापुरमा समान्य उपचारपछि विष्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

विष्टले क्याफेमा कफी पिइरहेको अवस्थामा दुई जनाले उनीमाथि खुकुरी प्रहार गरेको बुझिए पनि उनीहरूको पहिचान भने भएको छैन । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणा आफैं अनुसन्धानमा खटिएका छन् । राणा घटनाको अनुसन्धानका लागि टीकापुर पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?