+

राष्ट्रपति र राखेपका सदस्य सचिव घिसिङबीच भेटवार्ता

२०८२ जेठ  १६ गते १७:१३ २०८२ जेठ १६ गते १७:१३
राष्ट्रपति र राखेपका सदस्य सचिव घिसिङबीच भेटवार्ता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भेट गरे।
  • घिसिङले नेपाली खेलकुदको वर्तमान अवस्था र योजनाबारे जानकारी दिए र राष्ट्रपति रनिङशिल्डको उद्घाटन निमन्त्रणा गरे।
  • राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।

१६ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भेटघाट गरेका छन् । भेटका अवसरमा राष्ट्रपतिलाई सदस्य सचिव घिसिङले वर्तमान नेपाली खेलकुदको अवस्था तथा राष्ट्रिय खेलकुद परिषद्ले गरेका काम तथा भावी योजनाबारे जानकारी दिए ।

भेटका अवसरमा सदस्य सचिव घिसिङले १५औं सस्करणको केन्द्र स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उद्घाटनमा प्रमुख आथित्यताका लागि राष्ट्रपतिलाई निमन्त्रणा दिएका छन् ।

राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको १५औ संस्करण यही जेठ २८ गते देखि ३० गते सम्म काठमाडौंमा हुँदै छ ।

खेल प्रतिभा खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने गरेको छ ।

टंकलाल घिसिङ राष्ट्रपति रामचन्द्र पौडेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय