
News Summary
Generated by OK AI. Editorially reviewed.- पवनदीप राजन उपचारपछि २५ दिन अस्पताल बस्नेपछि घर फर्किएका छन्।
- उनी ५ वैशाखमा उत्तर प्रदेशको अमरोहामा सवारी दुर्घटनामा परेका थिए।
- उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य सुधारको जानकारी र धन्यवाद व्यक्त गरे।
काठमाडौं । भारतको चर्चित रियालिटी शो ‘इण्डियन आइडल १२’का विजेता तथा गायक पवनदीप राजन उपचारपछि घर फर्किएका छन् । उपचारको २५ दिनपछि उनी नोयडास्थित अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ ।
पवनदीपले बिहीबार सामाजिक सञ्जालमार्फत घर फर्किएको जनाएका छन् । उनी ५ तारिख (वैशाख २२ )मा उत्तर प्रदेशको अमरोहा नजिक सवारी दुर्घटनामा परेका थिए ।
दुर्घटनामा उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । खुट्टाको दुबै भाग भाँचिएपछि उनलाई ३ वटा शल्यक्रिया गर्नुपरेको थियो ।
दुर्घटनापछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरियो र त्यहाँ २५ दिनसम्म राखेर उपचार गरियो । अन्ततः स्वास्थ्य लाभपछि उनी डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएको खुशी उनले इन्स्टाग्राममार्फत एक तस्वीर सेयर गर्दै व्यक्त गरे । फोटोमा उनी विमानमा मुस्कुराउँदै बसेका देखिन्छन् । पोस्टमा उनले लेखेका छन्, ‘डिस्चार्ज भएर घर जाँदैछु । तपाईंहरू सबैको माया, आशीर्वाद र शुभेच्छाको लागि धन्यवाद ।’
उनको स्वास्थ्यमा सुधारको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा फ्यान र कलाकारले शुभकामनाको वर्षा गराएका छन् । पवनदीपले नेपाली फिल्म ‘प्रेमगीत ३’मा समेत स्वर दिएका थिए ।
प्रतिक्रिया 4