+

गुजरातलाई हराउँदै मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा

२०८२ जेठ  १७ गते ०:०० २०८२ जेठ १७ गते ०:००
गुजरातलाई हराउँदै मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बई इन्डियन्सले आईपीएलको इलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई पराजित गरेको छ।
  • मुम्बईले अब फाइनल प्रवेशका लागि पञ्जाब किङ्ससँग खेल्नेछ।

१४ जेठ, काठमाडौं । पाँचपटकको विजेता टोली मुम्बई इन्डियन्स आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । शुक्रबार भएको इलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई २० रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा पुगेको हो ।

मुम्बईले दिएको २२९ रनको लक्ष्य पछ्याएको गुजरातले पूरा २० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। साइ सुदर्शनले सर्वाधिक ८० रन बनाएपनि पर्याप्त हुन सकेन । वासिङटन सुन्दरले ४८ तथा शेरफन रदरफोर्डले २४ र कुसल मेन्डिसले २० रन बनाए ।

मुम्बईका लागि जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले २-२ विकेट लिँदा मिचेल सान्टनर र अश्वनी कुमारको नाममा १-१ विकेट रह्‍यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो । ओपनर रोहित शर्माले ५० बलमा सर्वाधिक ८१ रन बनाए । त्यस्तै अर्का ओपनर जोनी बेयरस्टोले ४७ रन बनाए । सुर्यकुमार यादवले ३३ तथा कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रन बनाए ।

मुम्बईले अब फाइनल प्रवेशका लागि पञ्जाब किङ्ससँग दोस्रो क्वालिफायरमा खेल्नेछ भने पराजित भएको गुजरात बाहिरिएको छ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय