
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले प्रयोगशालाको क्षमता विस्तार गरी सबै परीक्षण नेपालमै गर्न प्रयास भइरहेको बताए ।
- स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाउने काम भइरहेको उनको भनाइ छ ।
१८ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित बृहत् स्वास्थ्य शिविरमा उनले नमुना परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न लागिपरेको बताए ।
‘केही समयअघि केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता थियो । हाल प्रयोगशालाको क्षमता अभिवृद्धि गरेर नेपालमै परीक्षण सम्भव गराउने परिस्थिति बनेको छ । बाहिर जानु नपर्ने गरी यही परीक्षणको व्यवस्था गर्न यसपटक बजेटले पनि सम्बोधन गरेको छ । उपचार प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा थुप्रै काम गर्न कोसिस भइरहेको छ,’ उनले भने ।
स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाइरहेका भन्दै उनले बिग्रिएका उपकरण राष्ट्रिय आविस्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको बताए ।
प्रतिक्रिया 4