
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले १८ जेठ काठमाडौंमा राजावादी प्रदर्शनको क्रममा पक्राउ परेकामध्ये डा. राजिब झालाई हिरासतमा राखेको छ।
- प्रहरीले बताए अनुसार, उनले मापसे सेवन गरी अपशब्द बोल्ने कार्य समेत गरेको पाइएको छ।
- अन्य पक्राउ परेकामध्ये राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दिपक सिंह जिम्मा जमानीमा छाडिएका छन्।
१८ जेठ, काठमाडौं । आइतबार दिउँसो राजावादी प्रदर्शनको क्रममा पक्राउ परेकामध्ये एक जनालाई भने हिरासतमै राखिएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेकामध्ये डा. राजिब झालाई हिरासतमै राखिएको हो ।
पक्राउ परेकामध्ये झाले मापसे सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, उनले मापसे सेवन गरी भिडमा अपशब्द बोल्ने कार्य समेत गरेको पाइएको छ ।
सोही आन्दोलनको क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंह लगायत ७ जनालाई भने जिम्मा जमानीमा छाडिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4